काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार बनेर पराजित बनेकी दर्शनाले शनिबार राति काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शनिबार राति गरेको घोषणामा भनेकी छिन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित भएको उनले उल्लेख गरेकी छन् ।
उनले गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहको पक्षमा भोट मागेको भन्दै स्वतन्त्र पक्षबाट चौतर्फी उनको आलोचना समेत भएको थियो ।
