शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

आइतबार, असार १९ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव शनिबार कोटेश्वरस्थित निवासमा पुगेका थिए ।

भेटमा नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए ।