बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस उपसभापति गुरूङ सवार गाडी ठूलो दुर्घटना हुनबाट जोगियो

बिहिबार, असार १६ २०७९

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो।

उपसभापति गुरुङ चढेको गाडी अचानक सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको ओत लागेर दुर्घटना हुनबाट जोगिएको उनले जानकारी दिए ।

290811465_3252608168317464_135365649441498482_n.jpg

उनले सामाजिक सञ्जाल मार्फत उक्त दुर्घटनाका बारेमा लेखेका छन् –

ठुलो घट्ना हुनबाट जोगियो !
रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो।
भगवानको कृपाले हामी सबै सकुसल छौं।

गुरुङसहितको टोली कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनमा श्रद्धाञ्जली दिन ओखलढुंगाको खिजिदेम्बा पुगेर काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेकाे हाे।

-तस्वीर: धनराज गुरुङको फेसबुकबाट