बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दिगो विकासका लागि कृषि उद्यम केन्द्रले गरेको कामको नतिजा चाँडै देखिने छ:  सभापति सुमार्गी

बुधबार, असार १५ २०७९

जनकपुर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले केन्द्रले कृषि उत्पादनका लागि देशभरका पालिकामा समन्वय गरिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश–प्रदेशको तेस्रो प्रदेश सभालाई सम्बोधन गर्दै  सभापति सुमार्गीले यस्तो बताएका हुन् ।

धान दिवसको शुभकामना दिँदै सभापति सुमार्गीले आफूले पाएको कृषिको जिम्मेवारी अनुसार सातै प्रदेशमा गएर यससँग सम्बन्धित काम गरेको बताए ।

आफु महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सभापतिसमेत रहेकोले कृषिमा खाद्यान्न त्यसमा पनि धान उत्पादनलाई सरकारले विशेष चासो दिनपर्ने उनको भनाइ थियो ।

सुमार्गीले आफ्नो कार्यकालमा कृषि उद्यम केन्द्रलाई कृषि, कृषि र कृषिमै केन्द्रित गरेको बताउँदै केन्द्र र प्रदेश सरकारसँग आफुले निरन्तर संवाद गरेको जानकारी दिए ।

उनले भने, ‘म सातवटै प्रदेशमा कृषिको मुद्धा बोकेर प्रदेश सरकारसंग छलफल गरेको छु, यो पटक जिल्ला नगर उद्योग बाणिज्य बाणिज्य संघका साथीहरुलाई राम्रो बिजनेश र टास्क उपलब्ध भएको छ, कृषि उद्यम केन्द्रले जिल्ला नगर उद्योग बाणिज्य संघको सस्टेनवल डेभलपमेन्टको लागि केही न केही काम गरेको छ, चाँडै भन्दा चाँडै यसको महशुस तपाईहरुले गर्न पाउनुहुनेछ ।’ 

सम्भाव्य कृषि उत्पादनका विषयमा के-कसरी अघि बढ्दा उपलब्धि मुलक हुन्छ भनेर स्थानीय पालिकाले योजना बनाउने र त्यसका लागि अन्य सम्पूर्ण सहयोग आफूहरुको रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

उनले आफुले कृषि उद्यम केन्द्रको सभापतिको रुपमा उद्योग बाणिज्य महासंघ मार्फत विभिन्न कार्यक्रम अघि बढाइरहेका बताउदै कृषि नै मुलकको सम्मृद्धीको आधार भएको बताए ।

अर्थमन्त्रालयले ल्याएका अन्य कार्यक्रममा आफूले चाहेर पनि समय दिन नसकेका बताउँदै उनले आफुले कृषिमा पाएको जिम्मेवारी सातै प्रदेश पुगेर समन्वय गरेको बताए ।

बागमती प्रदेशको मुख्यमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका सुमार्गीले  आजै मधेस प्रदेशका आन्तरिक मामला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसँग भेटवार्ता गरेका थिए । 

Capture.JPG

सुमार्गीले मन्त्री साहको निवासमा समसामयिक विषयमा छलफल गरेका थिए । भेटमा प्रदेश सरकारले निजी क्षेत्रलाई पनि सँगै अघि लिएर हिँड्नपर्नेमा सुमार्गीले जोड दिए ।त्यसै क्रममा मन्त्री साहले मधेस प्रदेश सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।

सुमार्गी यतिबेला उद्योग बाणिज्य महासंघका विभिन्न जिल्ला तथा प्रदेशको सधारणसभाको सिलसिलामा मधेस प्रदेश अन्तर्गतका जिल्लाको दौडाहमा छन् ।