बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

मंगलबार, असार १४ २०७९

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।  

नेकपा एमाले र एमाले निकट संगठनले मदनभण्डारी जयन्तीका अवसरमा साताव्यापाी कार्यक्रम गरिरहेका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि  ‘जनताको बहुदलीय जनवाद (जबज)  को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

मदन भण्डारी फाउण्डेशनले जन्म दिवसको अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम गर्ने कार्यसूची रहेको छ ।