शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झापाका विभिन्न क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

मंगलबार, असार १४ २०७९

झापा । देशभर मनसुन सक्रिय रहेको मौसम विभागले जनाएको छ ।

केही दिन यता देशभर सामान्यदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच झापा क्षेत्रमा केही घण्टा अघिदेखि भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे आसपास भारी वर्षा मापन भएको छ  र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, कन्काई, बिरिङ, निन्दा लगायत साना तथा ठूला नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील गरिएको छ ।