बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेन्ट्रल फाईनान्सको २० औं बार्षिक साधारण सभा सम्पन्न

बिहिबार, पुष ७ २०७३

काठमाडौ पुस ७
सेन्ट्रल फाईनान्सको २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सभाले २३ दसमलव ६८ प्रतिसत लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । 
यो लाभांस मध्येमा २२ दसमलव पाँच प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव १८ प्रतिसत नगद लाभांस रहेको फाईनान्सले जनाएको छ  । बोनस सेयर बितरण पश्चात फाईनान्सको चुक्ता पुंजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ पुग्ने छ । हाल सेन्ट्रल र भक्तपुर फाईनान्सको मर्जर प्रकृया अन्तिम चरणमा पुगेको छ ।  मर्जर पश्चात फाईनान्सको नाम सेन्ट्रल फाईनान्स लिमिटेड नै रहने चुक्ता पुंजी ५२ करोड सात लाख रुपैयाँ पुग्ने छ । प्रधान कार्यालय ललितपुरको कुपण्डोलम रहेको फाईनान्सले हालसम्म एक अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।