बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनांङ जिल्लामा प्रभु बैकको शाखा

आइतबार, पुष ३ २०७३

काठमाडौ पुस ३
प्रभु बैकले मनाङ जिल्लामा शाखा खोलेको छ । बैकले आर्ईतबार मनाङ जिल्लाको चामे मा युुके एड “सक्षम” को सहकार्यमा  बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको हो । 
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । यसका साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएको छ । मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।