बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैकहरुको घरजग्गामा दुई सय ७० अर्ब ४० करोड कर्जा

शुक्रबार, पुष १ २०७३

काठमाडौ पुस १ 
बैक तथा फाईनान्स कम्पनीहरुले घरजग्गा क्षेत्रमा दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेकाछन । राष्ट्र बैकले शुक्रवार चालु आर्थिक बर्षको चार महिनाको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दे उक्त तथ्यांक सार्वजनिक गरेको हो । घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल कर्जा मध्ये प्रति ग्राहक एक करोड भन्दा कमको आवासीय कर्जाको अनुपात एक खर्ब ५५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । 
राष्ट्र बैकका अनुसार २०७३ कार्तिकसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६० दसमलव सात प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दसमलव नौ प्रतिशत कर्जा चालू सम्पत्ति अन्र्तगत कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दसमलव नौ प्रतिशत र १२ दसमलव छ प्रतिशत रहेको थियो । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउँछ । २०७३ कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको दुई दसमलव दुई प्रतिशत अर्थात ३९ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको दुई दसमलव पाँच प्रतिशत अर्थात ३७ अर्ब ४७ करोड छ  । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट अर्थता आयात कर्जा सात दसमलव चार प्रतिशत अर्थात पाँच अर्ब ३५ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ प्रतिशतले घटेको प्रतिबेदनमा उल्लेख छ । 
प्रतिवेदन अनुसार निक्षेप र कर्जामा सामान्य मात्र बृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तीन दसमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक र विकास बैंकको निक्षेप क्रमशः चार प्रतिशत र चार दसमलव आठ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार सो अवधिमा कम्पनीहरुको निक्षेप ११ दसमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ कार्तिक मसान्तमा बैंक तथा  वित्तीय संस्थाहरूको निक्षेप २० दसमलव पाँच प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात दसमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दसमलव सात प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको सात दसमलव आठ प्रतिशत र विकास बैंकहरुको नौ प्रतिशतले बढेको छ भने फाईनान्स कम्पनीहरुको सात दसमलव दुइ  प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ कार्तिकमा बैंक तथा फाईनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २९ दसमलव चार प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा पाँच दसमलव सात प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दसमलव सात प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा सात दसमलव तीन प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा सात प्रतिशत, सेवा उद्योगतर्फको कर्जा आठ दसमलव एक प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दसमलव एक प्रतिशतले बढेको छ ।