बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

स्थानीय चुनाव पछि पनि पाँच दलीय सत्तागठबन्धन फेरि एकजुट

मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

स्थानीय चुनाव ताका चिसो पना आएको पाँच दलीय सत्तागठबन्धन भित्र फेरि एकजुट भएरै अघि बढ्ने निर्णय भएको छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमैत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

“पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ”, उनले भने ।

अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति रहेको थियो ।