बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बालेन साहको धन्यवाद र्‍याली जारी, भन्छन्: काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु

शुक्रबार, जेष्ठ १३ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन साहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा धन्यवाद र्‍याली  गरेका छन् ।

राष्ट्रियसभावाट सुरु भएको बिजय र्यालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा  एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन् ।

बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्।

र्‍याली जारी छ । तीनकुनेमा  पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।