बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बर्नमाउथद्वारा लिभरपुल पराजित

सोमबार, मंसिर २० २०७३

लण्डन, मंसिर २० । इंगलिस प्रिमियर लिगको आइतबार भएको खेलमा बर्नमाउथले लिभरपुलमाथि ४–३ को रोमाञ्चक जित हासिल गरेको छ । उसले पहिलोपटक प्रिमियर लिगमा लिभरपुललाई हराएको हो । 
पहिलो हाफमा २–० ले अगाडि रहेको लिभरपुलले अन्तिमसम्म यो नतिजालाई कायम राख्न नसक्दा बर्नमाउथले रामाञ्चक जित हासिल गरेको हो । कुनै समय लिभरपुल ३–१ गोल अन्तरले अगाडि रहेको थियो तर बर्नमाउथले उक्त नतिजालाई उट्याउदै लिभरपुललाई हार चखाएको हो । 
बर्नमाउथले खेलको ७६ औं मिनेट र ७८औं मिनेटमा दुई गोल फर्काएपछि भने खेल बराबरीमा पुगेको थियो । खेलको अतिरिक्त समयमा बर्नमाउथका नाथान एकेले गरेको गोल खेलको लागि निर्णयक साबित भयो र लिभरपुल ४–३ को हार स्वीकार्न बाध्य भयो । हारका बाबजुद लिभरपुल प्रिमियर लिगको तोस्रो स्थानमा रहेको छ भने बर्नमाउथले आफ्नो स्थान सुधार गर्दै १० औंस्थानमा आइपुगेको छ । एजेन्सी