बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आइफोन ६एसका ब्याट्रिमा खराबी

सोमबार, मंसिर ६ २०७३

न्युयोर्क, मंसिर ६ । स्मार्टफोन निर्माता कम्पनी एप्पलले निर्माण गरेको आइफोन ६एसका उत्पादनहरुमा प्रयोग गरिएको ब्याट्रिमा खराबी देखिएको छ ।

उक्त समस्याको समाधानका लागि कम्पनीले एक साताभित्र आफ्ना दुई स्मार्टफोन मर्मत योजना सार्वजनिक गरेको छ । कम्पनीले निर्माण गरेको केही आईओएस भर्सनका स्मार्टफोनहरुको ब्याट्रिको विषयलाई लिएर कम्पनीले मर्मतका योजनाहरु बजारमा ल्याएको हो । 

आइफोन ६एसका स्मार्टफोनहरुमा कुनै पनि जानकारी विना नै स्विच अफ हुने समस्या बढेपछि कम्पनीले यस्तो योजना ल्याएको हो । एप्पल कम्पनीले यस विषयमा आफ्नो एक वक्तव्य जारी गर्दै धेरै कम आइफोन ६एसहरुमा यस किसिमको समस्या देखिएको र यो समस्या सुरक्षासँग सम्बन्धित भने नरहेको जानकारी दिएको छ । 

कम्पनीले दिएको जानकारीअनुसार सन् २०१५ को सेप्टेम्बरदेखि अक्टोबर महिनासम्मको अवधिमा निर्माण भएका स्मार्टफोनहरुमा यस किसिमको समस्या देखिएको हो । 

कम्पनीले यस किसिमको समस्या देखिएको खण्डमा प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफानमा देखिएको समस्या समाधघानको लागि पहिला आफ्ना स्मार्टफोनहरुमा कुनै समस्या रहेको वा नरहेको भन्ने विषयमा स्पष्ट हुनु आवश्यक रहेको बताएको छ ।

जसमा डिस्प्ले खराब भएको लगायतका समस्याहरु रहेको हुनसक्ने कम्पनीको दाबी रहेको छ । एजेन्सी