सन्फ्रान्सिस्को, कात्तिक ३० । अल्फाबेटको गुगल कम्पनीले विभिन्न नक्कली सूचना प्रकाशित गर्ने वेवसाइटहरुबानट आफ्नो विज्ञापन हटाउने तयारी गरेको छ । गुगल कम्पनीले नक्कली समाचार सम्प्रेषण गर्ने वेवसाइटहरुमा आफ्नो विज्ञापन दिनाले समग्र कम्पनीको छाप नै आफ्ना प्रयोगकर्ताहरुमा नकारात्मक परेको भन्दै यस्तो निर्णय गरेको हो ।
साथै विभिन्न वेवसाइटहरुले विविन्न किसिमका गलत सूचनाहरु पनि दिने भएकोले आफ्ना विज्ञापनहरु सत्य समाचार तथा सही सूचना दिने वेवसाइटहरुलाई मात्र दिने योजनामा गुगल कम्पनी देखिएको हो ।
पछिल्लो समय अमेरिकाको निर्वाचनमा गुगल, ट्वीटर, फेसबुकजस्ता सामाजिक सञ्जाल कम्पनीहरुले सहयोग गरेको भन्ने सामाचार आएपछि गुगल कम्पनीले यस किसिमको योजना अघि सारेको हो । निर्वाचनको क्रममा डोनाल्ड ट्रम्पको विषयमा गलत सूचना प्रसारण गरिएको आरोप पनि सामाजिक सञ्जाल कम्पनीलाई लागेको छ ।
यस विषयमा विश्वको सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल कम्पनी फेसबुकले भने खण्डन गरिसकेको छ । अहिले गुगल कम्पनीले ल्याएको योजनामा कुनै पनि गलत विवरण राख्ने वेवसाइटहरु भने गगुलको खोजीमा नआउने व्यवस्था भने गरिएको छैन । गुगल कम्पनीले ल्याएको यस किसिमको व्यवस्था लागू गर्ने विषयमा भने कस्तो प्रणाली अपनाउने भन्ने विषयमा कुनै किसिमको जानकारी दिएको छैन । एजेन्सी