काठमाडौं, कात्तिक २९ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता एप्पलले आफ्नो अर्को पुस्ताको स्मार्टफोनको डिजाइनिङ्ग तयार पारेको छ ।
कम्पनीको एक महत्वपूर्ण उत्पादनको रुपमा रहेको आइफोनको नयाँ संस्करणमा बाहिरी भागमा रहेको किनारा हट्ने भएको हो ।
आइफोनले ल्याएको अवधारणा अनुसार अहिले चार दमलव ७ इन्चको स्क्रिन रहेको स्मार्टफोनको स्क्रिन पाँच इन्च रहने बताइएको छ । यसको अर्थ बाहिरी भागमा रहने घेरालाई पनि स्क्रिनले नै ढाक्नेछ ।
एप्पलले आफ्नो आइफोन ८ प्लस भने पाँच दशमलव ८ इन्चको रहने बताइएको छ ।
अहिले आइफोन ७ प्लस पाँच दशमलव ५ इन्चको रहेको छ । यससँगै अशिहले अल्मुनियमको प्रयोग गरिएको घरेहरु समग्र रुपमा ग्लासले ढाक्नसक्ने देखिएको छ । साथै यसमा ओएलईडीको प्रयोग गरिने बताइएको छ । एजेन्सी