बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

देउवाले बनाएको कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ जना को को परे ?

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका हुन् । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले- केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा- देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ।’ 

देउवाले गगन थापा,  विश्वप्रकाश शर्मासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् । 

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति

1.jpg

2.jpg

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने विज्ञप्तिमा जनाइएको छ ।