काठमाडौँ l नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ अंकमा पुग्दा सेन्सिटिभ पनि नौं दशमलव ५५ अंकले घटेर चार सय ७९ दशमलव ३९ अंकमा झरेको छ ।
दुई सय ३२ वटा कम्पनीहरुको ६२ हजार एक सय ६४ पटकको कारोबारमा ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ८९ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा निर्जिवन बीमा समुहको सुचक बढेको छ भने बाँकी १२ वटा समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव दुई अंकले घटेर १६ सय ५९ दशमलव १८ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ७६ दशमलव छ अंकले घटेर २९ सय ९३ दशमलव १६ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ६१ अंकले घटेर १४ हजार आठ सय पाँच दशमलव ८० अंकमा झरेकोमा विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जीवन बिकास लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।