बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

आइतबार, चैत्र १३ २०७८

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच नक्शालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । विदेशमन्त्री वाङ यीलाई भेट्न एमाले अध्यक्ष ओली त्यहाँ गएका थिए । उनीसँग एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि थिए ।

त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।

यस अघि आजै विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवास पुगेर शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनी आजै स्वदेश फकिँदै छन् ।