काठमाडौं। नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको सदस्य बन्ने भएकी छन्। नयाँ शक्ति नेपालको अभियानमा डा. बाबुराम भट्टराईसँगै वैकल्पिक राजनीतिमा सक्रिय रहेकी उनी केही समयदेखि निस्क्रिय थिइन्।
उनले उच्च माध्यमिक शिक्षाको तयारीका क्रममा राजनीतिक सक्रियता देखाइनन् भने जनता समाजवादी पार्टीमा नयाँ शक्ति विलय भएपछि मौन बसेकी थिइन्।
अघिल्लो महिनाको अन्तिम साता बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी उनी अन्ततः राजनीतिमा पनि सक्रिय हुने निधोमा पुगेकी छन्। उनलाई मंगलबार एमाले मुख्यालय थापाथलीमा हुने कार्यक्रमबीच अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नेछन्।
यसैगरी पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा विलय गराउने भएका छन्। उनी पनि उक्त कार्यक्रमबाट पार्टी विलय गराउँदै एमालेको सदस्य बन्ने भएका छन्।