शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जसपाले बनायो तीन सदस्यीय मुख्यालय समिति

मंगलबार, चैत्र १ २०७८

काठमाडौँ l जनता समाजवादी पार्टी (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ।

जसपाले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ।

आज बसेको केन्द्रीय समिति बैठकले हेडक्वाटर सम्बन्धी निर्णय गरेको हो।