शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ओलीलाई प्रधानमन्त्री पदको प्रचण्ड प्रस्ताव संवैधानिक ठहर्छ?

शुक्रबार, फाल्गुन १३ २०७८

काठमाडौं। अमेरिकी आर्थिक सहयाता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव प्रतिनिधि सभामा छलफलका लागि लैजाने सरकारको निर्णयसँगै केन्द्रीय राजनीतिमा दुई वटा ध्रुवीकरणका अभ्यास भएका छन्।

प्रमुख दल नेकपा एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि सहयोग गर्न भन्दै दुई पार्टीको संविधान जारी गर्दाको सहमतीय बाटोको प्रस्ताव गरेका थिए। विहीबार सदनमा भएको भेटमा प्रधानमन्त्रीको यस्तो प्रस्ताव आएको थियो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्दा कम्युनिस्ट ध्रुवीकरण गर्दै प्रधानमन्त्री बन्नका लागि ओलीलाई प्रस्ताव गरेका थिए।

तर ओलीलाई प्रधानमन्त्री पदको प्रस्ताव कति सहज र संवैधानिक हुन्छ?

देउवा सरकार संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको र विश्वासको मत समेत पाइसकेको छ। विश्वासको मत दुई बर्षसम्म कायम हुँदा देउवाले चाहेको खण्डमा मात्र प्रधानमन्त्री पद हस्तान्तरण हुन सक्छ। त्यसका लागि पनि राजनीतिक सहमति र संविधानमा संशोधन अनिवार्य हुनुपर्छ।

देउवाको विकल्प देउवा अथवा चुनाव मात्र हुने संवैधानिक बाटो मात्र कायम हुने कतिपय कानुनकर्मी बताउँछन्। देउवा कुनै दल विशेषको नभई संविधानको अन्तिम व्याख्याअनुसार सांसदको दाबीअनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।