शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

समाचार प्रकाशन तथा प्रशारणको बिषयलाई लिएर यस्तो आयो, महालक्ष्मी बिकास बैंकको खण्डन

सोमबार, माघ २४ २०७८

महाशय,
यस अनलाईन खबरको मिति २०७८/१०/१८ मा प्रकाशित “महालक्ष्मी विकास बैंक जुनसुकै बेला बन्द हुन सक्ने” भन्ने शिर्षकमा “अध्यक्ष उपाध्यायसंग मिलेर सिईओ देवकोटा र सिनियर डिसिओ लम्सालद्धारा बैंकको चरम दोहन” भन्ने उपशिर्षक राखि यस बैंक तथा बैंक सम्बद्ध पदाधिकारीहरु नियमन निकाय नेपाल राष्ट् बैंक तथा सो संस्थाका पदाधिकारी माथी झुठो लान्छना लगाउदै संस्थाको गरिमा, शाख तथा इज्जतमा भ्रामक नकारात्मक असर पार्ने उद्देश्य राखी ब्यक्तिगत मानमर्दनका साथै जनमानसमा भ्रम सृजना गर्ने, तथ्यहीन, भ्रामक र अत्यन्त आपत्तिजनक शव्दहरु प्रयोग गरी पत्रकारिताको पेशागत मर्यादा बिपरित समाचार सम्प्रेषण गरेको पाईएकोले निम्न बुंदाहहरु उल्लेख गरी यो खण्डन पठाएका छौ ।

पत्रकार आचारसंहिता २०७३ को दफा ६ (१) (क) बमोजिम तँहाको अनलाईनबाट संप्रेषण भएको समाचार सामाग्री तथ्यहिन, भ्रामक, असन्तुलीत देखिएकाले ऐ.ऐ.को दफा ६ (१) (ख) बमोजिम यथाशिघ्र खण्डन प्रकाशन गरी दिन अनुरोध गर्दछौं ।