शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल बंगलादेश बैंकले छ महिनामा कमायो ८१ करोड ११ लाख 

शनिबार, माघ ८ २०७८

काठमाडौँ :- नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा ८१ करोड ११ लाख ५१ हजार दुई सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले ९४ करोड १२ लाख ५५ हजार नौ सय ९१ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुंजी १० अर्ब आठ करोड ९३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पछिल्लो छ महिनामा ८० अर्ब ७१ करोड नौ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ९० करोड ८१ लाख ९६ हजार दुई सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा एक अर्ब २७ करोड ३८ लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

बैंकले गत आवको सोही अवधिमा भने ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६८ करोड ६१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ३७ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।