शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कडेल बने सिद्धार्थ बैंकको कमाण्डर !

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । यही मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५ औं बैंठकले कडेललाई आगामी चारा वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् कडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कडेलको तीन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गर्नुभएका कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्चव्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत चार वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दे आएका थिए ।

बैंक सञ्चालनमा विशेष दखल राख्ने कडेलले सिद्धार्थ बैंकमा सेवाप्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत संगालेकाछन । प्रमुख कार्यकारी अधिकृत कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।