काठमाडौँ । बिहिबार संघीय संसदको अर्थ समितिले अर्थतन्त्रका बिषयमा छलफल राख्यो । जसमा अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेपनि आएका थिए ।
शर्माले पूर्व अर्थमन्त्री पाण्डेतर्फ इङ्कित गर्दै केहि बिद्धानहरुले आफुलाई अर्थशास्त्र नबुझेको अर्थमन्त्री बनेको र अर्थमन्त्रालय हाक्न नसक्ने रुपमा चित्रण गरिरहेको बताए । साथै प्रत्येक महिना १० प्रतिशत खर्च गर्ने आफ्नो योजना कार्यान्वयनमा ल्याएर नै छाड्ने बताएका छन् । साथै सात प्रतिशतको आर्थिक बृद्धिकोे योजना पनि सफल पार्ने उनको दावी थियो । कार्यक्रम नसकिदै शर्मा पाटिको स्थायि समितिको बैठक भन्दै समितिको बैठकबाट बाहिरिए ।
उनि कार्यक्रमबाट बाहिरिएपछि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अलि बुझेर बोल्नुपर्ने भन्दै सुझाव दिए । साथै उनले सरकारलाई पुँजीगत खर्च गर्ने उपाय समेत सुझाएका छन् । सबै ठेक्कामा ३५ दिने सुचना आवश्यक नरहेको र साना खालका ठेक्काको छोटो अवधिको सुचना राख्न सके समयमै विकास खर्च बढ्ने उनको तर्क छ ।
साथै बिकास निर्माणको लागि समयमै रकम खर्चन नसक्ने हो भने यसले बिदेशी मुद्रा सञ्चिती घटाएर बैदेशिक ऋणको सावा र भुक्तानीमा समस्या हुने र त्यसपछि बिकास निर्माण नै प्रभावित हुने तर्क अघि सारेका छन् ।