बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा उच्च बृद्धि, सबै सुचक हरियो

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l यसअघि लगातार घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार भने उच्च अंकले बढेको छ । आज नेप्से ३२ दसमलव २२ अंकले बढेर २५ सय ४६ दसमलव आठ अंकमा पुग्दा सेन्सिटिभ भने सात दसमलव ६३ अंकले बढेर चार सय ८० दसमलव ९७ अंकमा चढेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ६९ हजार आठ सय ८८ पटकको कारोवारमा ९४ लाख ७१ हजार तीन सय ११ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ ।  

१३ वटा समुहको कारोवारा हुंदाा आज १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक १३ अंकले बढेर १७ सय १७ दसमलव ५२ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ५७ दसमलव ८७ अंकले बढेर २३ सय ३६ दसमलव ७३ अंकमा पुगेको छ ।

जलबिद्युत, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेरो माईक्रो फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक पहिलो स्थानमा परेको छ ।