काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
कोरोना महामारीका कारण यूएईमा भइरहेको प्रतियोगिताको आज हुने फाइनल खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् । दुबईमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे बजे सुरु हुनेछ । उ
पाधि उचाल्ने योजनाका साथ दुवै टोली मैदान उत्रनेछन् । तीनपटकको च्याम्पियन चेन्नई चैथोपटक लिगको उपाधि जित्ने योजनाका साथ मैदान उत्रनेछ । चेन्नईले अन्तिम पटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो ।
चेन्नईले भने सन् २०१० र २०११ मा लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।
यता कोलकाता पनि तेस्रो उपाधि जित्ने योजनाका साथ मैदान उत्रनेछ । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि चुम्न सफल भएको थियो ।