शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भारतसँगको पहिलो मैत्रिपूर्ण खेलमा नेपाल बराबरीमा रोकियो

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं, भाद्र १७ । नेपालले घरेलु मैदानमा भारतसँग १ १ गोलको  बराबरी खेलेको छ ।  दशरथ रङ्गशालामा केहिबेर अघि सकिएको  पहिलो मैत्रीपूर्ण फुटबल खेलमा भारतसँग नेपाल बराबरीमा रोकिएको हो  ।

सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिनु परेको हो ।

खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १ १ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।  

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुदैछ ।