शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल र भारत आज दशरथ रङ्गशालामा भिड्दै, नेपालीलाई खुसी दिलाउने प्रशिक्षक अलमुताइरीको भनाई

बिहिबार, भाद्र १७ २०७८

काठमाडौं, भाद्र १७ । नेपाली राष्ट्रिय फुटबल टिमले आज  भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह साढे ५  बजे  हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । आफु भन्दा बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा दृढ रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् ।  फिफा   वरीयतामा भारत १ सय ५ औं स्थानमा  छ भने नेपाल १ सय ६८ औं स्थानमा  छ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताएका छन् ।

साफ च्याम्पियनसिप भने आगामी असोज १५ देखि माल्दिभ्समा हुदै छ ।