बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चीनमा १८ वर्ष मुनिका किशोर किशोरीले हप्ताको तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न नपाउने

मंगलबार, भाद्र १५ २०७८

काठमाडौँ । चीनले १८ वर्ष मुनिका किशोर किशोरीलाई हप्ताको तीन घन्टा भन्दा बढी भिडियो गेम खेल्न रोक लगाएको छ । मोबाइल फोनमा समेत गेम खेल्न रोक लगाइएपछि गेम निर्माता कम्पनीहरुमा भने ठुलो धक्का पुग्नसक्ने ठानिएको छ ।

नया नियम अनुसार शुक्रबार, शनिबार र आइतबार साँझ आठ देखि नौ बजेसम्म गेम खेल्न पाइने सिन्ह्वाले जनाएको छ । सार्वजनिक बिदामा पनि एक घन्टा खेल्न पाइनेछ ।

किशोर किशोरी देशको भविष्य भएकाले  उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यका लागि यस्तो नियम लगाइएको चीनको प्रेस तथा छापाखाना प्रशासनले जनाएको छ । नियम लागु गर्न गेमिङ कम्पनीलाई तोकिएको समय बाहेकको समयमा सेवा दिन प्रतिबन्ध लगाइनेछ । चीनको यो कदमपछि विश्वभरका गेमिङ कम्पनीको शेयर बजार ओरालो लागेको छ ।