शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सहारा बैंकद्वारा लाभांश प्रस्ताव

शनिबार, असार २६ २०७८

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले विगत तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असार २२ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड २२ लाख ७० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।