बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कृषि प्रधान  देशमा ११ महिनामै २६ अर्बको चामल आयात, धानको उत्पादन बढ्न सकेन

बिहिबार, असार १७ २०७८

काठमाडौं  । मुलुक कृषि प्रधान भनिएपनि देशमा भने ठूलो मात्रामा धान आयात हुने गरेको छ । बढ्दो जनसंख्या सँगै आधुनिक प्रविधीबाट उत्पादन बढाउनु पर्ने भएपनि त्यसो हुन नसक्दा चामलको आयात बढ्दै गएको हो ।

भन्सार विभागका अनुसार भन्सार विभागका अनुसार यो आर्थिक वर्ष ११ महिनामा हामीले २६ अर्ब ४ करोड रुपैंयााभन्दा बढीको चामल आयात भएको छ । गत आर्थिक वर्षको जेठसम्मको तुलनामा यसपालि सोही अवधिमा चामलको आयात ३८ प्रतिशतले बढेको छ ।

कुल जनसंख्याको ६० प्रतिशत कृषिमा आवद्ध हुादा पनि चामलमा परनिर्भिता भने बढेको बढ्यै छ । यो वर्ष जेठसम्म ५१ करोड ६१ लाख ६२ हजार किलो चामल  आयात भइसकेको छ । खासगरी बासनादार र मसिनो चामलको माग बढी तर उत्पादन न्युन भएकाले पनि आयात अकासिएको भन्सार विभाग बताउँछ ।

उत्पादन बढाउन ठोस कार्यक्रम नल्याउने प्रवृत्तिले चामलमा परनिर्भरता भने बढेको बढ्यै छ । यो आर्थिक वर्ष आयात धेरै भएका प्रमुख १० वस्तुको सूचिमा चामल समेत रहेको भन्सार विभाग बताउँछ ।

पछिल्लो समय उच्च आयात हुनेहरुको सूचिमा चामल पनि रहेको छ । धानको उत्पादन बढ्न सकेको छैन । अहिले पनि तीन वर्ष अघिजस्तै ५६ लाख मेट्रिक टन बराबरका छ  । जबकी माग भने ६२ लाख टन छ ।

धानको उत्पादन पाच वर्षभित्र दोब्बर बनाउने भनेको दुई वर्ष नाघ्यो परम्परागत खेती प्रणाली, खेतीयोग्य जमिनको तिब्र खण्डीकरण, सिंचाइको असुविधा र बाली लगाउने बेला रासायनिक मल अभावल योेजना सफल हुन सकेको छै ।  

कृषि मन्त्रालयका अनुसार नेपालमा १४ लाख ६९ हजार हेक्टर क्षेत्रमा रोपाईं हुन्छ । तर उपभोक्ताको रोजाईमा पर्ने मसिनो र बासनादार चामलका लागि भने १७ प्रतिशतभन्दा बढी रोपाईं हुादैन । अर्कातिर रोपाईं हुने ४५ प्रतिशत जमिनमा सिंचाइ सुविधा छैन । उत्पादन बढाउन ल्याइएका अनुदानका कार्यक्रममा वास्तविक किसानको पहुाच छैन, राजनीतिक र प्रशासनमा पहुाच हुनेकै हालीमुहाली छ ।

कृषिमा आधुनिकीकरणका लागि बजेट वर्षेनि बढाइएपनि त्यसको प्रभाव उत्पादनमा देखिएको छैन । उन्नत जातको बीउ र मल अभाव किसानले वषौंदेखि झेल्दै आएका समस्या हुन् । सरकार किसानका समस्या

२०५० सम्म नेपालले धान निर्यात गथ्र्यो । नेपाली धान अमेरिकासम्म निर्यात गरेको इतिहास छ । तर अहिले भने देश चामलमा समेत परनिर्भर बन्दै गएको छ।