बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—ईन्डष्ट्री ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनर

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौं ।  अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड, काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—ईन्डष्ट्री ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ । सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागु गरिने छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरु विच तुलना र पहिचान गर्न सघाउने छ ।
यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा ईको रेटिंग ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।

Pic_.jpg

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटापनि उपलब्ध गराएको छ । प्रक्रिया अन्तर्गत बिस्तृत मूल्यांकन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणिय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिंग स्कोर प्रदान गरिन्छ । उपकरणलाई दिइने ईको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनीधित्व गर्छ । 
औद्योगिक पार्टनर्ससंगको सहकार्यका साथै ओपो आफैपनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले डिजाईनिंग देखि प्याकेजिंग लगायत हरसम्भव प्रक्रियामा सस्टेनेवल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ । सन् २०१९ को तुलनामा ओपोले वजनका आधारमा सन् २०२० मा १३ गूणा बढी उत्पादन रिसाइकल गरेको छ । उदाहरणका लागि ओपोका प्याकेजिंग ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२ दसमलव सात प्रतिसत र ईन्डाइरेक्ट ग्रिन हाउस ग्यास उत्सर्जनमा २० प्रतिसतले कटौती ल्याएको छ ।