बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिमा र प्रविणको स्वरमा ‘माया लाइसक्यो’ 

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका छन् । सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने संगीत सिएल शर्माको छ । 
वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन् । गीतमा कुशल सिंहको कोरियोग्राफी छ । युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भएपनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनि गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन् । ‘पहिलो प्रयास भएपनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँदा यसबाट निकै उत्साही र आशावादी पनि छु’ प्रतिमाले भनिन् । उनले दर्शक–स्रोतासँग साथ र रहयोगको अपेक्षा पनि गरिन् । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=ASzpl4RJuxQ

pratima and prabin.jpg