बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाल उत्कृष्ट निर्देशक 

बुधबार, बैशाख २२ २०७८

काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ ।
स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्य आठ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताएका छन् । अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

Capture.JPG
सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र नशाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धुर्त काजीबाट हाँसिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नव नायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रबदत्तले चलचित्र चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हाँसिल गरे । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा) बाट पुरु राईले चलचित्र सहाराबाट प्राप्त गरे ।
अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमिर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे ।