बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।  बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलतापछि मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत “बुट्टे रुमाल लैजानु चिनु” बोलको रहेको छ ।
गीतमा आफुले धेरै माया गरेको मान्छे टाढा हुने भएपछी चिनो स्वरुमा रुमाल उपहार दिएको प्रसङ्ग समाबेश गरिएको छ । गीतमा अहिलेका भाइरल कलाकार द्वय अलिफ खान र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द मोहन खड्का र अमृता बन्जराको रहेको छ ।
निकै कर्णप्रिय ढंगबाट तयार भएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका के.सी, अर्जुन गौतम र अमृता बन्जराको रहेको छ । कपिल लामाद्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेकाहुन् भने सम्पादन नबिन घर्तीमगरले गरेकाछन् । गीतको म्युजिक भिडियोलाई थप आकर्षण माधब श्रेष्ठको कोरिग्राफीले गरेको छ । 

भिडियो लिंक

 https://www.youtube.com/embed/9l9YAMbWNcY”