बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गीतकार हिरा काजी थापाको “मिठो धोका“ सार्बजनिक

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ । गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत “मिठो धोका“ को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।
बिगत लामो समय देखि लन्डनमा बसोबास गर्दै आएका हिरा काजी थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित छन् । लन्डनमा बसेर इन्टरनेटको माध्यम बाट दर्जनौ चर्चित म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दे फेरि पनि आकर्षक म्युजिक भिडियो लिएर आएका हुन् । छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाइ निर्देशक हिरा काजी थापाले निर्देशन गरेका हुन् । त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ । 
सार्बजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्रि, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोलाइ निर्माता समेत रहेका  हिरा काजी थापाले नै निर्माण गरेका हुन् । 
भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=e8Joma8hzeA