शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कप्तान जोर्डन हेण्डरसनले बोके चोट

आइतबार, फाल्गुन ९ २०७७

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले चोट बोकेका छन् ।

प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा एभर्टनविरुद्धको खेलमा कप्तान हेण्डरसनले चोट बोकेका हुन् ।

मिडफिल्डर हेण्डरसनको खुट्टाको मांसपेशीमा समस्या देखिएको छ ।

हेण्डरसनले चोट बोकेपछि लिभरपुलले उनको स्थानमा फिलिप्सलाई मैदान पठाएको थियो ।

liverpool.JPG

एभर्टनविरुद्ध लिभरपुल २—० ले पराजित भएको थियो ।

हेण्डरसनको चोटबारे थप विवरण भने आएको छैन ।

हेण्डरसनले चोट बोकेसँगै लिभरपुलसँग चोटग्रस्त खेलाडीको सूची बढेको छ ।

चोटकै कारण लिभरपुलका भिर्गिल भान डाइक, माटिप, गोमेज र फाबिन्हो टिम बाहिर रहेका छन् ।

हेण्डरसनले चोट बोकेपछि लिभरपुललाई थप समस्या थपिएको छ ।