बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सबैले मातृभुमीको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नु पर्ने बेला आएको छ

शुक्रबार, फाल्गुन ७ २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सबैले मातृभुमीको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नु पर्ने बेला आएको बताएका छन्। नेपालमा प्रजातान्त्रिक विधि, व्यवहार अघि बढोस् भने सबैको चाहना रहेको भन्दै पूर्वराजा शाहले भनेका छन्, ‘प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौं, ग्रस्त छौं। प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो।’

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको सत्तरी बर्षपछि आएर जनताको आस्था चाहना र जनभावना अमिर रहने र यसलाई मेटेर नमेटिन तथा बटारेर नबटारिने बताएका छन्।

प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणलीमात्र नभई जनताको सामाजिक जीवनपद्धति पनि भएकाले नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीले मात्र प्रजातन्त्रको प्राण रहने उनको बुझाइ छ। यसमा राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भएका छौं भन्नका लागि मातृभूमिको माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

उनले प्रजातन्त्रप्राप्तिका लागि योगदान पुर्याउनेहरुलाई नमन समेत गरेका छन्।