शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

२ सय जनासँग सोधपुछ, दुई व्यक्ति प्रहरीको ‘उच्च निगरानीमा’

सोमबार, फाल्गुन ३ २०७७

कैलाली-  बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान प्रहरीले तीव्र पारेको छ। भट्टको बलात्कारपछि हत्या भएको आइतबार १२ दिन पुग्यो। तर, अझैसम्म घटनामा संलग्नको ठोस पहिचान गर्न सकेको छैन।

प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको जनाएको छ। स्थानीयले प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गरेका छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

भागरथीले अपराधीलाई चिनेकै निश्कर्षमा प्रहरी पुगेको भएपनि अपराधको समय वरपर अपराधीसँग भागरथीको कुनै कुराकानी भएको पाइएको छैन। भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन। यसैले अब अनुसन्धान भागरथीको २१ गते अगाडीको क्रियाकलाप तथा काममा पुगेको छ। २१ गते भन्दा पहिले भागरथी विद्यालय बाहेक कहाँ गएकी थिइन्? सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति प्रहरीको उच्च निगरानीमा छन्। 

दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

आवश्यक काम गर्ने सार्वजजिक पदधारण गरेका व्यक्तिले यो भएन, त्यो भएन भन्दै झुक्याउने गरेका अनुसन्धानाट खुलेको छ। भागरथीकी आमाले पनि भनिन्, ‘त्यो व्यक्तिलाई छोरीले फोन गरेकी थिइन्। कहिले हुन्छ हाम्रो काम भनेर। एक दिन सुनेकी थिएँ। मोबाइलमा मेरो फोटोहरू पनि लगेकी हो छोरीले। तर, भोलि भोलि भन्दै दैनिक रूपमा भेट्न मात्र बोलाएर काम टार्ने गरेका थिए’, उनले भनिन्।

प्रहरीले अपराधीको नजिक पुगेको भनेको पनि यी दुई जना नै हो। उनीहरूलाई नियन्त्रणमा लिने धेरै आधार भएपनि ठोस प्रमाणबिना पक्राउ गर्ने मुडमा प्रहरी छैन। कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो अनावश्यक नगिजोलियोस् भन्नेमा प्रहरी सचेत छ।

‘हामी निगरानीमा राखेका व्यक्तिहरू नै अपराधी हुन् भन्ने ठोस प्रमाण खोज्दैछौं। अहिले आन्दोलन कम भएपछि स्थानीय नागरिक पनि सूचना दिन थालेका छन्’, अनुसन्धान गरिरहेको प्रहरी स्रोतले भन्यो।

दुई फेसबुकको सबै मेसेज डिलिट, भारतीय सिमबाट दाईलाई मात्र कल
भागरथीले प्रयोग गर्ने एनसेल, एनटीसी र भारतीय मोबाइलमा घटना भएको दिन कुनै पनि व्यक्तिसँग कुराकानी भएको नपाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यद्यपि, भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, उनले भारतीय सिमबाट दाईलाई मात्र कल डायल गरेको देखिन्छ। भारतीय सिमकार्डबाट भारतमा रहेका दाईलाई फोन गर्ने रकम कम लाग्ने भएकाले उनले यो सिम प्रयोग गरेको देखिन्छ। 

चडेपानीका अधिकांशका घरमा भारतीय सिमकार्ड छ। त्यसबाट इन्टरनेट डेटा सस्तो पर्ने भएकाले प्रयोग गरिएको हो। त्यसतर्फ प्रहरी अनुसन्धान पनि कम छ। लगभग त्यो पाटो प्रहरीले बन्द नै गरेको पनि देखिन्छ। भागरथीले प्रयोग गर्ने दुई फेसबुक भागरथी र भूमी भट्ट नाममा छन्। एक अनुसन्धान अधिकृतका अनुसार यी दुवै फेसबकुमा कसैसँग गरिएको कुराकानी छैन। अर्थात्, सबै डिलिट गरिएको छ।

यसबाट प्रहरीले कोसँग भागरथीको कुरा हुन्थो भने पत्ता लगाउन कठिन भएको छ। किनभनेयो मेसेज हेर्न फेसबुकको मुख्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरी बताउँछ। निर्मला पन्त घटनाको अनुसन्धानको लागि मागेको फेसबुक मेसेज विवरण प्रहरीले अहिलेसम्म पाएको छैन।

वडाभरिका घरको तथ्यांक, २ सय जनासँग सोधपुछ

प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको जनाएको छ। स्थानीयले प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गरेका छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

‘हामीसँग वडाभरिको हरेक घरको तथ्यांक छ’, डीआईजी उत्तमराज सुवेदीले भने, ‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा को–को संलग्न थिए ? को–को फरार थिए? गाउँभरिमा त्यो दिन चलेका ट्र्याक्टर, मोटरसाइकलसहितका सबैलाई सोधपुछ र अनुसन्धानको दायरामा ल्याइसकेका छौं।’

सुवेदीले शंकास्पदलाई प्रहरीले नजरमा राखेको बताए। ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैँ छन्’, उनले भने, ‘चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन। अनुसन्धानको दायरामा आएका सबै पक्राउसरह नै हुन्।