काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् ।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।