शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

चेल्सी एफए कपको क्वाटरफाइनलमा

शुक्रबार, माघ ३० २०७७

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा बर्न्सलीलाई १—० गोल अन्तरले हराउँदै चेल्सीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा अब्राहमले निर्णायक गोल गरेका थिए ।
अब चेल्सीले क्वाटरफाइनलमा सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

chelsea 1.JPG
सेफिल्ड यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।
यस्तै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
साउथह्याम्पटनले उल्भ्सलाई २—० ले परजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
साउथह्याम्पटनको जितमा डानी इन्ग्स र स्टुवार्ड आम्सस्ट्रोङले एक एक गोल गरे ।

chelsea3.JPGchelsea2.JPG