भारतले सरकारलाई दिएको कोरोना विरुद्धको खोप प्रथम चरणमा फ्रन्ट लाईनमा काम गर्नेलाई लगाउने निर्देशिका विपरित प्रदेश–२ मा दुरुपयोग भएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रथम चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थामा खटिने व्यक्ति र सफाईकर्मीलाई खोप लगाउने दिने निर्देशिका बनाएको छ । तर, प्रदेश २ का अधिकांस ठाउँमा निर्देशिका विपरित मापदण्ड वाहिरका ब्यक्तिलाई धमाधम खोप लगाउन सुरु गरिएको छ ।
सरकारले पहिलो चरणमा मापदण्ड वाहिरकाका कसैलाई पनि खोप लगाउने नीति वनाएको छैन । तर, प्रदेश–२ को जनकपुरमा आयोजना गरिएको खोप सुभारम्भ कार्यक्रम नै निर्देशिका विपरित गरिएको थियो । पहिलो खोप आन्तरिक मामिला तथा कानुन मन्त्रीले लगाए । यति मात्र होईन, कतिपय जिल्लामा नेताहरुले समेत खोप लगाएका छन ।