बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पोलियो थोपाको साटो सेनिटाइजर खुवाइयो, १२ बालबालिका अस्पताल भर्ना

मंगलबार, माघ २० २०७७

भारतको महाराष्ट्र राज्यको यवतमाल जिल्लामा बालबालिकालाई पोलियो थोपाको साटो सेनिटाइजर दिइएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि १२ जना बालबालिकाहरुलाई अस्पताल भर्ना गरिएको छ।

उनीहरुमा बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सबै बालबालिका पाँच वर्षभन्दा कम उमेरका रहेका छन्।

बालबालिकाको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ।

प्रहरीका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको छ।

सामाजिक अभियान्ताहरुले दोषिमाथि कारबाहीको माग गरेका छन्। घटना आइतबारको हो।

लापरवाही गर्ने तीनजना स्वास्थ्यकर्मीमाथ छानविन भइरहेको छ।