बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना खोप सुरक्षित छ, निश्चिन्त भएर लगाउनुस्ः  खोप प्रयोगकर्ता

बुधबार, माघ १४ २०७७

काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप प्रयोगकर्ताहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा। सागरराज भण्डारी, डा। अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए । उनीहरुले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरे ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले समेत कोरोनाविरुद्धको खोप लगाएका छन् ।