काठमाडौँ-बेलायतको नयाँ प्रकारको कोरोना भाइरस भारतमा १५० जनामा देखिएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार गरिएको परीक्षणमा बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना संक्रमित भारतमा पनि देखिएको हो।
मन्त्रालयले भनेको छ, ‘ बेलायती कोरोनाको भेरिएन्ट यहाँ पनि १५० जना व्यक्तिमा भेटिएको छ।’ ती सबै कोरोना संक्रमितलाई छुट्टाछुटै आइशोलेशनमा उच्च निगरानीका साथ राखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ। त्यसमा धेरै मात्रामा बाहिरबाट यात्रा गरेर आउने परिवार र अन्यहरु समेत रहेका छन्।
यता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो नयाँ प्रकारको कोरोना भाइरस पहिलाको भन्दा धेरै खतरना हुने बताएका छन्।
उनले भनेका छन्, ‘ अहिले आएको नयाँ प्रकारको भाइरस निक्कै आक्रामक र प्राणघातक हुनसक्छ।’