बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिगत १० वर्षमा असफल वैदेशिक रोजगार बचतपत्र यसपाली पनि प्रचारप्रसारबिनै जारी

आइतबार, माघ ११ २०७७

काठमाडौं । सरकारले यो वर्ष वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब बराबरको आन्तरिक ऋण  जुटाउने योजना बनाएको छ । जस अनुसार गत शुक्रबारबाट ५० करोडको बैदेशिक रोजगार बचतपत्र सुरु भएको छ । तर बिगतमा नबिकेको यस्तो बित्तीय उपकरण यो पाली पनि कुनै प्रचारप्रसार बिना नै आएकाले पुर्ण खरिद हुने आश गर्न सक्ने अवस्था छैन ।

यो वर्षको खर्च ब्यहोर्न सरकारले राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ र बैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड जुटाउने योजना बनाएको छ । यसले नपुग हुने करिब ५ खर्ब  २४ अर्ब ५० करोड रकम लाई भने २ खर्ब ९९ अर्ब बैदेशिक  ऋण र २ अर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने सरकारको योजना छ ।

यसरी उठाउने आन्तरिक ऋण मध्ये सरकारले बैदेशिक  रोजगार बचतपत्रबाट भने १ अर्ब उठाउने योजना बनाएको छ । बजारमा अधिक तरलता भएका कारण आन्तरिक ऋण उठाउन सफल भएको सरकारले आन्तरिक ऋण भित्रकै  बैदेशिक लगानीमा गएका युवाले खरिद   गर्ने  यस्तो औजार भने खरिद गराउन सफल हुने देखिदैन ।

बचतपत्रमा बैदेशिक रोजगारीमा गएकाहरुकोे आकर्षण नै देखिएको छैन । जसका कारण यो खासै प्रभावकारी नै हुन सकेको छैन । सुरुका तीन वर्ष त बचतपत्रको १ प्रतिशत हिस्सा पनि बिक्री हुन नसकेको राष्ट्र बैंक नै स्वीकार्छ ।

 हरेक वर्ष घाटाको बजेट ल्याउनुपरेपछि त्यसको पूर्ति गर्ने विभिन्न औजारमध्ये सरकारले २०६७ देखि वैदेशिक रोजगार बचतपत्र जारी गर्न थालेको थियो । साथै यसको उद्देश्य विकास निर्माणका काममा वैदेशिक रोजगारीमा गएका युवाको कमाइ परिचालन गर्नु पनि थियो । तर यो सफल हुन सकेको छैन ।

विदेशमा गएका कामदारले विभिन्न रेमिट्यान्स कम्पनीका एजेन्टमार्फत र उनीहरुका परिवारका सदस्यले पासपोर्टको प्रतिलिपि प्रयोग गरी बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । बचतपत्रमा लगानी गर्नेले १० प्रतिशत हाराहारी ब्याज पाउँछन् । तर लगानी गरेको पााच वर्षसम्म रकम फिर्ता पाइदैन ।

राष्ट्र बैंकले अहिले खोलेको बचतपत्रको बिक्रि यही माघ नौ गते देखि २०७७ फागुुन दुुई गतेसम्म तोकिएको छ । तर निष्काशन मिती भने २०७७ फागुुन आठ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बचतपत्रको सावाँ भुक्तानी मिती बिसं २०८२ फागुन आठ गते तोकिएको छ ।

बचतपत्र खरिदको लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कर्मसियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफर सहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।