बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बुधबार आउने कोरोनाविरुद्धको १ लाख डोज खोप

बुधबार, माघ ७ २०७७

काठमाडौं । भारतले बुधबारदेखि नेपाललगायत अन्य छिमकी देशहरुलाई कोरोनाभाइरसविरुद्धको खोप आपूर्ति गर्ने भएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको हो ।

मन्त्रालयले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति सुरु हुने जनाएकाे छ ।  मन्त्रालयका ‍अनुसार एक लाख डोज खोप भारतले नेपाललाई अनुदानस्वरूप दिन बताएको हो। । आन्तरिक माग पुरा हुने सुनिश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने विदेश मन्त्रालयले उल्लेख गरेको छ।

नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो।