बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ओरालो लाग्यो सुनचाँदीको भाउ

आइतबार, माघ ४ २०७७

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदी तोलाको १ हजार २३० रुपैयाँ कायम भएको छ।

गत साता शुक्रबार चाँदीको भाउ १५ रुपैयाँ उकालो लागेर १ हजार २६० रुपैयाँ कायम भएको थियो।