शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कच्चा तेलमा १० % मूल्य बृद्धि हुँदा तेल उद्योगीले २० प्रतिशत भाउ बढाए, खोई बाणिज्य विभागको अनुसन्धान ? 

आइतबार, माघ ४ २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा  खाने तेलको कच्चा पदार्थको मूल्य १० प्रतिशतको हाराहारीाम बढेको छ । तर, यता यहि भाउ बढेको बहानामा यहाँका उद्योगीले भने ग्राहकबाट २० प्रतिशत रकम बढि असुलेका छन् ।

अझ उनिहरुले यस्तो गलत कार्य छोपछाप गर्न थोक देखि खुद्रा ब्यापारीलाई बिल  समेत परेको मूल्यमा नकाट्ने गरेको खुलासा भएको छ ।  

 एक महिनामै एक प्याकेट खाने तेलमा ३५ रुपैयाँ भाउ बढेको छ ।  तर बजारमा गलत तरिकाले कसैले फाइदा उठाउन खोेजेमा रोक्ने भनेर स्थापना भएको बाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग भने उद्योगीको यस्तो  लुटमा नदेखे झै गरि बसेको छ। 

स्रोतका अनुसार विभागको यस्तो मौन स्वीकृतिका कारण नै पछिल्लो समय उद्योगीले तेलको भाउ बढाएको बढाई छन् । स्रोत भन्छ ‘ के गरिस उद्योगीको लुटमा भनेर कसैले प्रश्न गर्ला भनेर केबल उनिहरुसँग स्पष्टिकरण मागिएको छ, तर यसलाई विभागले राम्रोँसँग अध्ययन गर्ने ध्यान नै  दिएको छैन । 

खुद्रा ब्यापार संघका अनुसार गत कात्तिकमा भटमासको तेलको मूल्य  प्रति प्याकेट  १ सय ७५ रुपैयाँ थियो ।  तर अहिले यसको भाउ बढेर २ सय १० रुपैयाँ पुगेको छ ।  दुई महिनामै यसको भाउ प्रतिलिटरमै ३५ रुपैयाँ बढेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा दुई  महिना यतादेखि मात्रै कच्चा तेलको मूल्य बढेको हो । तर यहाका उद्योगीहरुले भन यसअघि खरिद गरिएकै कच्चा पदार्थबाट उत्पादित तेलको भाउ बढाएर बेचिरहेका छन् ।  

गत कात्तिकमा सनफ्लावर तेलको मूल्य १ सय ८५ रुपैयाँ प्रतिलिटरमा खरिद  गर्न सकिन्थ्यो । अलिहे त्यहि प्याकेटलाई उपभोक्ताले २ सय २० रुपैयाँ  तिर्नु परेको  छ ।   त्यस्तै तोरीको तेलको भाउ पनि आकासिएको छ।

गत कात्तिक सम्म दुई सय २० रुपैयाँमा खरिद गर्न सकिने तेलको मूल्य अहिले आकासिएर प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ । 

सनफ्लवार र तोरीको तेलको मूल्यमा अहिले १८ प्रतिशतको बृद्धि देखिन्छ । यसको मूल्य आकासिनु पर्ने कुनै कारण त छैन तैपनि उद्योगीले मनपरी भाउ बढाएका छन् । 

अहिले उद्योगीले  तेस्रो मुलुकबाट भटमासको कच्चा तेल मगाएर भारत निर्यात गरिरहेका छन् । जसका कारण बजारमा माग बढेको देखिएको छ । यहि मागका आधारमा उद्योगीले भाउ बढाउन पाएका हुन् । त्यसैले यस्तो निर्यात नै बन्द गर्नुपर्ने उपभोक्ताकर्मि बताउँछन् । 

भारतले नेपालबाट जाने कृषिजन्य बस्तुमा शुन्य भन्सारको सुविधा उपलब्ध गराएको छ भने अन्य देशबाट आउने खाने तेलमा ४५ प्रतिशत कर लगाउँछ । यसको फाइदा उठाउँदै सिमा क्षेत्रका ब्यापारीले गत वर्षसम्म तेस्रो मुलुकबाट आयात गरेर भारतमा पाल्म तेल निर्यात गर्थे ।

यसरी पाल्म तेल निर्यात गरिरहेको सुइको पाएपछि गत वर्ष पुषमा भारतले नपालबाट जाने पाल्म तेल निर्यातमा प्रतिबन्ध लगायो । जुन अहिलेसम्म पनि कायमै छ । यो वर्षको मंसिरसम्ममा जम्मा ४ लाखको पाल्म तेल  निर्यात भएको छ ।

जबकी गत वर्षको मंसिरसम्म ११ अर्बको पाल्म तेल निर्यात भएको थियो । पाल्म तेल प्रतिबन्ध पछि ब्यापारीहरु भने चुप बसेका छैनन,  उनिहरु फेरी बिदेशबाट भटमासको तेल आयात गरेर भारत पठाउन थालेका छन् ।

गत वर्षको मंसिरसम्म जम्मा ३ अर्बको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा साढे १३ अर्बको भटमासको तेल निर्यात भएको छ । 

पाल्म तेलको कच्चा पदार्थ मलेसिया र इन्डोनसियाबाट आयात हुन्थ्यो । अहिले ब्यापारीले कच्चा भटमास तेल भने ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने गरेका छन् । 

यता यहि भटमासको तेल भारत पठाउँदा पाएको लाभका कारण उद्योगीले स्वदेशी ग्रांहकलाई समेत भाउ बढाएका छन् । सूर्यमुखीको कच्चा तेल रसिया र युक्रेनबाट आउँछ भने सोयाविन अर्जेन्टिनाबाट आउँछ ।